spot_img
२८ फागुन २०७९, आइतबार  
७ जेठ २०८१, सोमबार  
spot_imgspot_imgspot_imgspot_img
spot_img

चालु पुँजी कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

spot_img

चालु पुँजी कर्जामा भइरहेको वृद्धि रोक्न नेपाल राष्ट्र बैंकले मार्गदर्शन जारी गर्ने भएको छ । राष्ट्र बैंकले मार्गदर्शनको मस्यौदा समेत तयार पारेर सरोकारवालाहरुसँग सुझाव माग्न थालेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकमको अभाव छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौदि्रक नीतिमा नै शेयर बजार लगायत क्षेत्रमा जाने कर्जामा कडाइ गर्दै आएको छ । पछिल्लो समय आयातमा कडाइ गरेको राष्ट्र बैंकले चालु पुँजी कर्जामा पनि कडाइ गर्न खोजे पछि व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

व्यवसायीहरुले सामान स्टक गर्न भन्दै लिएको ऋण अन्यत्र लगानी गरेको पाइएपछि मार्गदर्शन आवश्यक परेको राष्ट्र बैंकको प्रष्टिकरण छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट चालु पुँजी कर्जा व्यवस्थित गर्नका लागि मार्गदर्शनको मस्यौदा तयार पारिएको बताउँछन् । सरोकारवालाहरूसँग सुझाव लिएरमात्रै पारित हुने उनले बताए ।

Advertisement
Ad 1
Ad 2
Ad 3

मार्गदर्शनमा चालु पुँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यले बैंक तथा वित्तीय संस्थाहरूको चालु पुँजी कर्जामा एकरूपता कायम गर्ने, कर्जा स्वीकृति प्रक्रिया एवं कर्जाको उपयोगलाई पारदर्शी बनाउने र कर्जा सदुपयोग यकिन गर्न सकिने आधारभूत पद्धति विकास गर्न सहज हुने उल्लेख गरिएको छ ।

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालूपुँजी प्रकृतिका कर्जाको सीमा निर्धारण तथा अनुगमन प्रक्रिया संस्थापिच्छे फरक हुने गरेको छ । चालूपँुजी कर्जाको लागि ऋणीको क्षमताको विश्लेषण त्रुटीपूर्ण र कमजोर हुने गरेको र निरीक्षण तथा सुपरिवेक्षणको क्रममा यस्ता कर्जाको उपयोगिता यकीन गर्न समेत कठिन हुने गरेकोले चालूपुँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यको मूलभूत विषयमा एकरुपता कायम गर्ने मार्गदर्शनको उदेश्य रहेको प्रवक्ता डा. भट्ट बताउँछन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

spot_img

ट्रेन्डिङ

spot_img